
पूर्णपुष्टि, चैत्र १९
१ नं. प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा आजसम्ममा ११ करोड रुपैया बढी संकलन भएको छ । कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि खडा कोषमा यति रकम जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।
कोषमा प्रदेश सरकारले १० करोड रुपैया जम्मा गरेको छ । सामाजिक संघ संस्था, बैंक, वित्तिय संस्था र व्यक्तिहरुले एक करोड ९४ हजार रुपैया जम्मा गरेका छन्् । कोषमा मन्त्रिपरिषद्का सदस्यहरु र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्नुभएको छ । त्यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखले एक लाख २१ हजार, प्रदेश सभा सदस्यहरुले २२ लाख ३० हजार, राउत कन्ट्रकसन सर्भिसले ११ लाख, हुलास वायरले ११ लाख, अरिहन्त मल्टिफाइवरले ११ लाख, रघुपति जुटमिलले १० लाख रुपैया जम्मा गरेका छन् ।
त्यस्तै सिद्धार्थ बैङ्कले १० लाख, सिटिजन्स बैङ्क इन्टरनेशनलले ७ लाख, कृषि विकास बैङ्क लिमिटेडले ५ लाख, नेपाल बैङ्क लिमिटेडले ५ लाख, ट्रान्स नेपाल फ्राइट सर्भिसेजले ५ लाख रुपैया जम्मा गरेका छन् । एस आइ डी वि एलबाट दुई लाख दुई हजार, प्रदेश लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरुबाट २० हजार र रामचन्द्र प्रसादबाट २० हजार रुपैया कोषमा जम्मा भएको छ ।
कोष राष्ट्रिय बाणिज्य बैङ्क विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
