
उदयपुर, पुस १ गते ।
प्रदेश स्तरिय उदयपुर खाना परिकार मेला २०७५ आजबाट सुरु हुदैछ ।
उदयपुरको गाईघाटमा लाग्ने १ नं प्रदेश स्तरिय उदयपुर खाना परिकार मेला २०७५ आईतबार देखि लाग्ने भएको हो ।
“कला सास्कृति परिकारको संरक्षण, आन्तरिक पर्याकको प्रवद्र्धन” भन्ने मुल नाराको साथ होटल व्यावसायी संघ उदयपुर तथा झिँगु नेवाको आयोजना र त्रियुगा नगरपालिकाको सहयोगमा प्रदेश स्तरिय उदयपुर खाना परिकार मेला २०७५ लाग्दैछ ।
मेलामा मौलिक खानाका परिकारहरुको अवलोकन तथा स्वाद लिन पाईने भएको छ । विभिन्न जातजातीको लोप हुने वस्थामा पुगेको मौलिक खानाहरुको संरक्षण र प्रवदन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको सयुक्त मुल आयोजक कमिटिको संयोजक कृष्ण कुमार श्रेष्ठले बताए ।
मौलिक परिकारमा फापरको रोटी, कोदोको ढिडो र स्थानिय कुखुराको मासु, नेवारी खाजा, थारु परिकार घुंगी,बगीया लगायतको विभिन्न जातजातीको लोपान्मुख खानाहरुको परिकार मेलामा राखिने श्रेष्ठले बताए ।
१० दिन लाग्ने मेलामा करिब ३० वटा स्टलहरु रहेको छ । नव पिढीहरुले आफ्नो मौलिक खाना के हो भन्ने कुरा समेत विर्सी सकेकोले यसको संरक्षण तथा प्रबद्र्धनको लागि मेलाले ठुलो टेवा पु¥याउने श्रेष्ठले बताए ।
नया युवा पिढीहरुलाई कोदोको ढिडो, फापरको रोटी भन्दा आश्चर्य मान्ने भएकोले चिनाउन र स्वाद चखानउ मेलाको आयोजना गरिएको श्रेष्ठले बताए । मेलामा १ नं प्रदेशका १४ वटै जिल्लाका विभिन्न जातजातीको मौलिक खाना अवलोकन तथा स्वाद लिन सकिने आयोजकले जनाएको छ ।