Friday, February 14News That Matters

प्रदेश स्तरिय टेबुल टेनिस प्रतियोगीता सुरु

उदयपुर, जेष्ठ १७ गते

उदयपुरको गाईघाटमा प्रदेश स्तरिय टेबुल टेनिस प्रतियोगीता सुरु भएको छ । सदरमुकाम गाईघाटको बोक्से कवड हलमा आजबाट सुरु भएको प्रतियोगीताको उद्घाटन १ नम्बर प्रदेशका समाजिक विकास मन्त्रि जीवन घिमिरेले गरे ।

तीन दिनसम्म संचालन हुने प्रतियोगीतामा शोलु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, ईलाम, ताप्लेजुङ्, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर जिल्लाका खेलाडी टिमले प्रतियोगीतामा सहभागिता जनाएको आयोजकले जनाएको छ ।

समाजिक विकास मन्त्रालय प्रदेश नं १ को आयोजना तथा पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको  यावस्थापन र जिल्ला खेलकुद विकास समिति उदयपुरको सहयोगमा प्रतियोगीता संचालन भएको आयोजकले जनाएको छ ।