
उदयपुर, जेष्ठ १८ गते ।
उदयपुरमा संचालन भएको प्रदेश स्तरिय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगीताको उपाधी झापाले चुमेको छ ।
सदरमुकाम गाईघाट बोक्सेको नयाँबस्तीे खेलमैदानमा भएको फाईनल खेलमा भोजपुरलाई झापाले १३–२५ अङ्कले पछि पार्दै उपाधी चुमेको हो ।
फाईनल खेलमा १५–२५, २५–१२, १५–२५ र १३–२५ अङ्कले भोजपुरलाई झापाले पछि पार्दै विजेटा भएको छ भने उपविजेता भोजपुर भएको आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेतालाई ७५ हजार र उपविजेताले ४० हजार नगदसहित प्रमाण पत्र, मेडल, ट्रफि प्रदान गरिएको छ ।
सर्वोउत्कृष्ठ खेलाडी झापाका तमिना गौतमलाई नगद ४ हजार सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ भने सर्वोउत्कृष्ठ सर्वर खेलाडी भोजपुरकी सिमा राई , उत्कृष्ठ डिफेन्डर खेलाडी तथा उदयमान खेलाडी उदयपुरकी रचना राई , उत्कृष्ठ स्पाईकर खेलाडी झापाकी झर्ना राजबंशी, उत्कृष्ठ लिफटर खेलाडी भोजपुरकी मिना तामाङलाई र उत्कृष्ठ कोच झाका धुब्रविक्रम नेम्वाङलाई जनही नगद तीन हजार र ट्रफि, प्रमाण पत्र प्रदान गरिएको आयोजक आयोजक समितिका अध्यक्ष आशन दाहाले बताए ।
उदयपुर स्पोर्ट क्लवको आयोजना, नगर यवा तथा खेलकुद विकास समितिको संयोजन, जिल्ला भलिवल संघको प्राविधिक सहयोग र संयोजक युवा क्लवको समन्वयमा प्रतियोगीता भएको थियो । प्रतियोगितामा उदयपुर, भोजपुर, मोरङ, सुनसरी र झापा गरी पाँच जिल्लाका महिला भलिबल खेलाडी टिमले भाग लिएको थियो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराको साथ प्रदेश स्तरिय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगीताको आयोजना गरिएको थियो ।
खेलकुद स्वास्थ्यका लागि मात्र नभई राष्ट्रका लागि पनि हो । राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने एक माध्येम खेलकुद भएकाले यसको चोतर्फि विकास गर्नु पर्ने १ नं प्रदेश संसद हिमाल कार्कीले बताए ।
मानिस स्वास्थ्य बन्न र राष्ट्रको विकास गर्ने एक माध्येम खेलकुद भएकाले नगरपालिकाले एक वडा एक खेलमैदानको अवधारण समेत ल्याएको त्रियुगा नगपालिकाका मेयर बलदेव चौधरीले बताए । खेलकुद विकासले राष्ट्रको विकासमा टेवा पु¥याउने भएकाले खेलकुद सम्बन्धि भौतिक संरचना बनाउनका लागी नगर लागि पर्ने मेयर चौधरीले बताए ।
महिला शसक्तिकरण गर्ने उद्देश्यले प्रतियोगीताको ओयोजना गरिएको त्रियुगा नगरपालिकाका उपमेयर देविकुमारी चौधरीले बताईन् । खेलकुद विकासले महिला पुरुषमा समानता ल्याउँछ । दक्ष महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको उपमेयर चौधरीले बताईन् ।