
उदयपुर, पुस ९ गते ।
उदयपुरमा भएको प्रदेश स्तरिय लाखे प्रतियोगीतामा नेवा देय् दवु चैनपुर पहिलो भएकोे छ ।
प्रदेश स्तरिय लाखे प्रतियोगीतामा नेवा देय् दवु चैनपुरले १४ टिम लाखेलाई पछि पार्दै पहिलो भएको हो ।
गाईघाटमा संचालित पहिलो उदयपुर खाना परिकार मेला २०७५ को ८ औँ दिन भएको प्रदेश स्तरिय नेवार जातिको लाखे नाचको प्रतिस्प्रधा गराईएको थियो । “कला संस्कृति परिकारको संरक्षण, आन्तरिक पर्यटनको प्रवद्र्धन” भन्ने मुल नाराका साथ जिल्ला होटल व्यावसायी संघ, झिगु नेवाको आयोजना र त्रियुगा नगरपालिकाको सहयोगमा मेला संचालन भईरहेको् छ ।
नेवार जातिको सस्कार, सस्कृति तथा पहिचनको संरक्षण तथा प्रवद्र्धनको लागि मात्रै नभएर सवै जात जातीको आ–आफ्नो सस्कार सस्कृति, भाष, धर्म, भेष भुषा तथा पहिचान आगन्तुक सस्कारले गर्दा ओझेल्मा पर्दै गाईरहेकोले संरक्षण तथा सम्बद्र्धनको लागि लाखे प्रतियोगीताको आयोजना गरिएको श्रेष्ठले बताए ।
विभिन्न जिल्लाका नेवार भोष भुषामा तथा पहिचान झल्काउने खालको लाखेहरुको प्रतियोगीतामा सहभागिता रहेको श्रेष्ठले बताए । १ नं प्रदेशको ७ जिल्लाका १५ टिम लाखेको सहभागिता रहेको आजक जिल्ला होटल व्यावसायी संघ उदयपुरले जनाएको छ ।
स्थानिय उत्पादन तथा विभिन्न जातजातीको मौलिक खानको परिकारहरुलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मेला संचालन गरिएकोेले सवै जात जातीको पहिचान हराउन दिनु हुन्न भन्ने सन्देश दिनको निम्ती प्रदेश स्तरिय लाखे प्रतियोगीता गराएको श्रेष्ठले बताए ।
मेलालाई रोमाञ्चक बनाउन र आ–आफ्नो पहिचान संरक्षण गर्नु पर्छ भन्ने सन्देशको लागि उक्त प्रतियोगीता गरिएको थियो । भने मौलिक विभिन्न जातजातीको खाना परिकारका स्वाद चाखेर उक्त खानाको संरक्षण तथा प्रवद्र्धन गर्ने आशा लिएको आयोजकले जनाएको छ ।
लाखे प्रतियोगीतामा प्रथम स्थान नेवा देय् दवु चैनपुर संखुवासभा, द्धितिय नेवा देय् दवु म्याङ्लुङ तेह्रथुम, तृतिय दिक्तेल समाज गुठी खोटाङ र झिँगु नेवा पुच गाईघाट उदयपुर, पासा खल धरान सुनसरी चौथो स्थान हासिल गरेको आयोजकका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।
प्रतियोगीताका विजेता प्रथम ट्रफी, प्रमाण पत्र र नगद ५१ हजार, द्धितिय ट्रफी, प्रमाण पत्र र नगद ३१ हजार, तृतिय ट्रफी, प्रमाण पत्र र नगद २१ हजार, सान्तोना ट्रफी, प्रमाण पत्र र नगद ११ हजार र ट्रफी, प्रमाण पत्र र नगद ११ हजार पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगीताको पुरस्कारहरु स्थानिय सरकार तथा विभिन्न संघ सस्थाहरुको प्रयोजन रहेको आयोजकले जनाएको छ । प्रथम पुरस्कार त्रियुगा नगरपालिका, द्धितिय कटारी नगरपालिका, तृतिय रोयल बुईपा लगायतले प्रयोजन गरेको आयोजकले जनाएको छ ।