Monday, March 17News That Matters

प्रदेश स्तरीय महिला भलिवल प्रतियोगीता सुरु

उदयपुर, जेष्ठ १६ गते । 

उदयपुरमा प्रदेश स्तरिय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगीता आजबाट सुरु भएको छ ।

त्रियुगा नगरपालिका – १० बोक्सेको नयाँबस्ती खेलमैदानमा संचालित प्रतियोगिताको उद्घाटन कार्यवाहक नगर प्रमुख, १६ नम्बर  वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक मानबहादुर राईले गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले महिला सशक्तिकरणको निमित्त खेल पनि एक सशक्त माध्यम रहेको बताए । भौगोलिक हिसावले देशको सवै ठाउँमा खेल्न मिल्ने भलिबलको विकासलाई जोड दिदै खेलाडी तथा प्रशिक्षक उत्पादन, खेलमैदान निर्माणमा ध्यान दिने उनले बताए ।

भलिबल खेलले लैँगिक समानता र समाजिक समावेशीकरण मुद्दालाई पनि माथि उठाउन मद्दत पु¥याउने भन्दै कार्यवाहाक नगर प्रमुख राईले खेलाडी तथा आयोजकलाई सफलताको शुभकामना दिए ।

प्रतियोगितामा उदयपुर, भोजपुर, मोरङ, सुनसरी र झापा गरी पाँच जिल्लाका टिमले भाग लिएका छन् । पहिलो दिनको पहिलो चरण अन्तर्गत उदयपुर र मोरङ विचको खेलमा उदयपुरले जित हात पारेको छ भने झापा र भोजपुर विचको खेलमा झापाले जितेको छ । त्यस्तै सुनसरी र उदयपुर वीचको खेलमा उदयपुरले जितेको भने भोजपुर र मोरङ विचको खेलमा भोजपुरले जितेको आयोजकले जनाएको छ ।

उदयपुर स्पोर्ट क्लवको आयोजना, नगर यवा तथा खेलकुद विकास समितिको संयोजन, जिल्ला भलिवल संघको प्राविधिक सहयोग र संयोजक युवा क्लवको समन्वयमा भएको प्रतियोगिताको बिजेतालाई ७५ हजार र उपविजेताले ४० हजार नगदसहित प्रमाण पत्र, मेडल र ट्रफिले प्राप्त गर्ने छन् । खेलमा उत्कृष्ट सर्वर, डिफेन्स, लिफ्टर, व्लकर, स्पाइकर, हुनेलाई समेत नगद र ट्रफीले पुरस्कृत गरिने जनाईएको छ ।