
उदयपुर, जेष्ठ १६ गते ।
प्रदेश स्तरिय प्रथम उपमेयर कप भलिबल प्रतियोगीताको तयारी पुरा भएको छ ।
नगर यवा तथा खेलकुद विकास समिति त्रियुगा नगरपालिकाको संयोजन, जिल्ला भलिवल संघको प्राविधिक सहयोग तथा संयोजक युवा क्लवको समन्वय र उदयपुर स्पोर्ट क्लवले आयोजनामा हुन लागेको १ नम्बर प्रदेश स्तरिय प्रतियोगीताको तयारी पुरा भएको हो ।
विहिबारबाट सुरु हुने प्रतियोगिता १८ गतेसम्म सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनबाट सार्वजनिक गरिएको छ ।
त्रियुगा नगरपालिका – १० स्थित नयाँ बस्तीका खेलमैदानमा संचालन हुने प्रतियोगितमा प्रदेश नम्बर १ का ८ वटा महिला टिमको सहभागिता रहने नगर स्तरीय खेलकुद बिकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले बताए ।
प्रतियोगितामा झापा, मोरङ, सुनसरी, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, खोटाङ र आयोजक उदयपुर सहितका महिला टिमले प्रतिपर्धा गर्ने श्रेष्ठले बताए ।
प्रतियोगिताको बिजेतालाई ७५ हजार र उपविजेताले ४० हजार नगदसहित प्रमाण पत्र, मेडल र ट्रफिले सम्मान गरिने आयोजक समितिका अध्यक्ष आशन दाहाले बताए ।
खेलमा उत्कृष्ट सर्वर, डिफेन्स, लिफ्टर, व्लकर, स्पाइकर, हुनेलाई नगद र ट्रफीले सम्मान गरिन अध्यक्ष दाहाले बताए ।