आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता सुरु

उदयपुर, मंसिर २८ गते ।

उदयपुरको बोक्सेमा १ नं प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

उदयपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा दोस्रो १ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगतीता शुक्रबार देखि सुरु भएको हो ।

साविक पूर्वाञ्चलमा भएका १६ वटै जिल्लाका व्याडमिन्टन खेलाडीहरुको टिम सहभागि हुने भएको छ । बोक्सेको कबड् हलमा भएको पहिलो दिनको खेलमा सबै दोस्रो चरणको खेलहरु भएको उदयपुर जिल्ला व्याडमिन्टन संघका अध्यक्ष राजेश कार्कीले बताए ।

यस अघि ५ पटक पूर्वाञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगीता र प्रदेश स्तरिय एक खेल खेलेलाई सकेको छ । वार्षक रुपमा आयोजना गरिने खेल यस वर्षपनि प्रदेश स्तरिय दोस्रो खेलको आयोजना गरेको कार्कीले बताए । २०६१ सालमा स्थापना भएको संघले पूर्वाञ्चलपछि प्रदेश स्तरिय खेलको आयोजना गर्दै आएको छ ।

मेन्स डबल्स खुल्ला २७ टिम, भेट्रान्स् डबल्स (४५ वर्ष माथि) १२ टिम, ओमेन्स डबल्स खुल्ला ८ टिम र सिंगल (१७ वर्ष मुनिका) १९ जना खेलाडीहरुले सहभागिता जनाउने भएको कार्कीले बताए । शनिबार सबै चरणका खेलहरुका साथ फाईनल खेल पनि हुने भएको आयोजकले जनाएको छ ।

विभिन्न प्रतियोगीताको पुरस्कारहरु मेन्स डबल्स खुल्लाको प्रथम शिल्ड, म्याडल र नगद २५ हजार, द्धितिय शिल्ड, म्याडल र नगद १५ हजार र तृतिय शिल्ड, म्याडल र नगद १० हजार रहेको छ । भने भेट्रान्स डबल्सको प्रथम शिल्ड, म्याडल र नगद २० हजार, द्धितिय शिल्ड, म्याडल र नगद १२ हजार र तृतिय शिल्ड, म्याडल र नगद १० हजार रहेको छ । ओमेनस डबल्स खुल्लाको प्रथम शिल्ड, म्याडल र नगद १४ हजार, द्धितिय शिल्ड, म्याडल र नगद १० हजार र तृतिय शिल्ड, म्याडल र नगद ८ हजार रहेको छ । सिंगलको प्रथम शिल्ड, म्याडल र नगद ५ हजार, द्धितिय शिल्ड, म्याडल र नगद ३ हजार र तृतिय शिल्ड, म्याडल र नगद २ हजार रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0