Sunday, March 16News That Matters

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता सम्पन्न

उदयपुर, पुस १ गते ।

उदयपुरमा जारी स्वर्गीय ज्ञानेन्द्र वान्तावा दोस्रो स्मृति तथा १ नं प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

उदयपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा स्वर्गीय ज्ञानेन्द्र वान्तावा दोस्रो स्मृति तथा १ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगतीता शनिबार सम्पन्न भएको हो ।

साविक पूर्वाञ्चलको १६ जिल्लाका व्याडमिन्टन खेलाडीहरुका टिमले प्रतियोगीतामा सहभागिता जनाएका थिए । संघले ५ पटक पूर्वाञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगीता र गत वर्ष प्रदेश स्तरिय खेल खेलाई सकेको उदयपुर जिल्ला व्याडमिन्टन संघको अध्यक्ष राजेश कार्कीले बताए ।

वार्षीक रुपमा प्रतियोगीता गराउदै आएकोले यस वर्ष पनि स्वर्गीय ज्ञानेन्द्र वान्तावा दोस्रो स्मृति तथा प्रदेश स्तरिय दोस्रो प्रतियोगीताको आयोजना गरेको कार्कीले बताए । २०६१ सालमा स्थापना भएको संघले पूर्वाञ्चलपछि प्रदेश स्तरिय खेलको आयोजना गर्दै आएको छ ।

प्रतियोगीतामा २६ टिमलाई पछि पार्दै सुजन श्रेष्ठ र प्रकाशराम ठकुरीले मेन्स डबल्स खुल्लाको उपाधी हात पारेको छ । भने द्धितियमा सूर्य श्रेष्ठ र रविन साउदेन, तृतियमा विशाल तामाङ्ग र पविन लिम्बु र धरानको सुरेश लिम्बु र रकम लिम्बु रहेको श्रेष्ठले बताए ।

भेट्रान्स् डबल्स (४५ वर्ष माथि) ११ टिमलाई पछि पार्दै किरण प्रधान र योगश श्रेष्ठले हात पारेको छ । भने द्धितिय दिपक राई र बल बहदुर कार्की, तृतिय सुरेश लिम्बु, टेक प्रसाद लिम्बु र जिवन बोगटी, विश्व प्रताप शाक्यले हात पारेको आयोजकले बताए ।
ओमेन्स डबल्स खुल्लामा ७ टिमलाई हराउदै सिमा राजबंशी र निता लम्सालले जित हात पारेको हो । भने द्धितिय गिता राई, अरुणा तामाङ्ग र तृतियमा विना राई, सम्झना गिरी र पार्वती राई सर्मिला केसीले जित हात पारेकी श्रेष्ठले बताए ।

सिंगल (१७ वर्ष मुनिका)मा प्रथम भोज बहादुर गुरुङ्ग, द्धितिय प्रियजन सुब्बा र तृतिय सत्याङ्ग सुब्बा र सरोज खवास भएको आयोजकले जनाएको छ ।

मंसिर १४ र १५ गते भएको जिल्ला स्तरिय प्रतियोगीताको फाईनल खेलमा प्रथम लक्ष्यजंग ठकुरी, लुमुनीराम कार्की, द्धितियमा भोटराज राई, बसन्त कटुवाल र तृतियमा दयाहाङ्ग राई, मनोज खड्का, गाविन्द थापा, ललित नायक रहेको श्रेष्ठले बताए ।

फाईनल खेलपछि एक समापन कार्यक्रमको आयोजना गरि प्रदेश तथा जिल्ला स्तरिय प्रतियोगीताका सवै स्तरका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगी विजेताहरुलाई प्रथम शिल्ड, म्याडल र नगद १५ हजार, द्धितिय शिल्ड, म्याडल र नगद १० हजार र तृतिय शिल्ड, म्याडल र नगद ८ हजार सहित पुरस्कार हस्तान्तरण गरिएको श्रेष्ठले बताए ।

प्रदेश स्तरिय प्रतियोगीताको मेन्स डबल्स खुल्लाका विजेता प्रथम शिल्ड, म्याडल र नगद २५ हजार, द्धितिय शिल्ड, म्याडल र नगद १५ हजार र तृतिय शिल्ड, म्याडल र नगद १० हजार सहित पुरस्कार प्रदान गरिएको जिल्ल व्याडमिन्टन संघ उदयपुरको महासचिव रुविन राईले बताए । भेट्रान्स डबल्सको विजेताहरुलाई प्रथम शिल्ड, म्याडल र नगद २० हजार, द्धितिय शिल्ड, म्याडल र नगद १२ हजार र तृतिय शिल्ड, म्याडल र नगद १० हजार सहित पुरस्कार हस्तान्तरण गरिएको राईले बताए ।

ओमेनस डबल्स खुल्लाको प्रतियोगी विजेताहरुलाई प्रथम शिल्ड, म्याडल र नगद १४ हजार, द्धितिय शिल्ड, म्याडल र नगद १० हजार र तृतिय शिल्ड, म्याडल र नगद ८ हजार सहित पुरस्कार प्रदान गरिएको राईले बताए । सिंगलका प्रतियोगीताको विजेताहरु प्रथम शिल्ड, म्याडल र नगद ५ हजार, द्धितिय शिल्ड, म्याडल र नगद ३ हजार र तृतिय शिल्ड, म्याडल र नगद २ हजार सहित प्रदान गरिएको राईले बताए ।