Sunday, June 7News That Matters

प्रदेश १ का चार राज्यमन्त्रीले लिए शपथग्रहण

माघ ५ गते । 

१ न. प्रदेशमा नयाँ नियुक्त भएका चार जना राज्यमन्त्रीहरुले आईतबार सपथ खाएका छन् । १ न. प्रदेशका मुख्यमन्त्री शेरधन राईले नव नियुक्त राज्यमन्त्रीहरुलाई शपथ ग्रहण गराएको हो ।

भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा अम्बिरबाबु गुरुङ, सामाजिक विकास राज्यमन्त्रीमा जसमायाँ गजमेर, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा विजय बिस्वास र भूमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रामबहादुर मगर नियुक्त भएका हुन् ।

२०७४ फागुन २ गते १ न. प्रदेशको पहिलो मन्त्रिमण्डल गठन भएको थियो । मुख्यमन्त्री शेरधन राईसहित, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैत लगायतका मन्त्रीहरु पहिलो पटक प्रदेश सरकारमा आएका थिए ।