
पूर्णपुष्टि,फागुन १८ । प्रदेश नम्बर १ को नाम कोशी प्रदेश भएको छ । आज बिहिवार कोशी प्रदेश भएकै खुशीयालीमा सार्वजनिक बिदाको घोषणा भएको हो । प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
