
असार २ गते ।
१ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले आईतबार प्रदेश सभामा ४२ अर्बको २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट पेश गरेको हो ।
आगमी आर्थिक वर्षको चालु रकम १८ अर्ब ५४ करोड ६४ लाख ६७ हजार अर्थात ४३.९ प्रतिशित, पुँजीगत २३ अर्ब ५७ करोड ३९ लाख अर्थात ५५.९ प्रतिशत र वित्तीयय व्यवस्थातर्फका ८ करोड अर्थात ०.२ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यस्तै अन्त सहकारी हस्तान्तरणको लागि ९९ सय करोड ९९ लाख ९८ हजार रुपैयाँ बिनायोजन गरिएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को लागी स्रोत व्यवस्थापनमा आन्तरीक राजस्वबाट ३३ अर्व ८६ करोड, राजस्व वाडफाडबाट १० अर्ब ८६ करोड, अनुदानबाट २१ अर्ब २१ करोड र चालु आर्थिक वर्षको नगद मौज्जाद ६ अर्ब ६१ करोड रहने पुर्व अनुमान गरिएको मन्त्री आङ्बोले बताए ।