Sunday, February 16News That Matters

प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्दा प्रहरी हस्तक्षेप

उदयपुर, कात्तिक २६ गते ।

नेपाल विद्यार्थी संघले उदयपुरमा सोमबार साँझ गरेको प्रधानमन्त्रीको पुत्लादोहनसहितको विरोध प्रदर्शनमा एक सुरक्षाकर्मी र एक प्रदर्शनकारी घाइते भएका छन् ।

नेविसंघका कार्यकर्ताहरुले गाईघाटको लोकतान्त्रिक चौकमा प्रधानमन्त्रीको पुत्ला जलाउन लाग्दा प्रहरीले हस्तक्षेत्र गरेको थियो । हस्तक्षेपका क्रममा आगोको पुल्ठो खोसाखोसमा सशस्त्र प्रहरीका हवल्दार लक्ष्मणबहादुर श्रेष्ठ र नेविसंघ जिल्ला सदस्य प्रल्हाद खत्री घाइते भएका हुन् ।

पेट्रोलसहितको आगोको पुल्ठोले आँखामा असर पर्नेगरी जलेको छ भने कार्यकर्ता खत्रीको दुबै हात जलेर चोट लागेको छ । घाइते दुबैको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । काभ्रेका नेविसंघ कार्यकर्ता पक्राउको विरोध गर्दै प्रदर्शन भएको थियो ।