पूर्णपुष्टि/गाईघाट, पुस २७ गते ।
नेकपा एमालेका प्रदेश सांसद विमल कार्कीले कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई लोकतन्त्रको पाठ सिकाउनु पर्ने अवस्था आएको बताउनुभएको छ ।
प्रदेश नम्बर १ पहिलो घरेलु उद्योग महोत्सवमा बुधबार भएको उद्यमीसंगको अन्तरक्रियामा बोल्दै सो कुरा बताउनुभएको हो ।
लाजै पचेर कामचलाउ प्रधानमन्त्री देउवाले कुर्सी छाड्न नमानेर नयाँ सरकार निर्माणमा बाधा पुर्याइरहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाको तमासाका सांसदहरु सडकमा उत्रन बाध्य पार्दै गएको उहाँले बताउनुभयो । आक्रोस व्यक्त गर्दै उहाँले सरकार अवैधानिक र तानाशाही बनेको आरोप लगाउनुभयो । उहाँले षड्यन्त्रकारी प्रम देउवालाई लोकतन्त्रको पठ सिकाउनुपर्ने बेला आएको बताउनुभयो ।
भिडियो हेर्नुहोस्