Friday, May 15News That Matters

प्रम ओलीको सफल मिर्गौला प्रत्यारोपण

पूर्णपुष्टि, फागुन २१ गते । 

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएको हो ।

प्रम ओलीको मृर्गौला प्रत्यारोपण विहन १० बजेदेखि शिक्षण अस्पताल महाराजगञ्जमा सुरु भएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको डाक्टरले बताएका छन् । यसबारे ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्रत्यारोपणको कामना गर्दै अस्पतालबाहिर ठूलै संख्या शुभेच्छुक उपस्थित भएका थिए । विभिन्न देशका प्रमुखले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका थिए ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।