
उदयपुर, बैंशाख ५ गते ।
विद्युतीय कारोवार ऐनको नाममा पत्रकारहरुमाथि भइरहेको धरपकटको विरोध गर्दै उदयपुरमा धर्ना कार्यक्रम भएको छ ।
पक्राउ परेका पत्रकारको रिहाई र ऐनको दफा ४७ र ४८ खारेजीममेतको माग गर्दै पत्रकारहरुले जिल्ला प्रशासन अगाडि एक घण्टा धर्ना दिएका हुन् । ११ ः ०० देखि १२ ः ०० बजेसम्म धर्ना बसेका पत्रकारहरुले ऐनको बाहानामा सरकारले पत्रकारहरुमाथि आंकुश लगाउन खोजेको आरोप लगाएका छन् । राज्यलाई दवाव दिने उद्देश्यले प्रशासनमा धर्ना बसेका उनीहरुले माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
महासंघ शाखा अध्यक्ष भरत खड्काले एकघण्टे धर्नाबाट सुरु भएको पत्रकारहरुको आन्दोलन आवश्यकता अनुसार चर्कीनुका साथै लम्बिन सक्ने बताए । बरिष्ठ पत्रकार कौशल चेम्जोङ लगायत पत्रकार संघसंगठनका प्रतिनिधि, स्थानीय तथा राष्ट्रिय स्तरमा कार्यरत पत्रकारहरुको धर्नामा सहभागिता थियो ।