Sunday, March 16News That Matters

प्रहरीको सूचना अधिकृतमा श्रेष्ठ

पूर्णपुष्टि/उदयपुर, फागुन १८ गते

-जिल्ला प्रहरी कार्यालय उदयपुरले सूचना अधिकृत प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठलाई तोकेको जनाएको छ ।

कार्यालयले शुक्रबार सूचना अधिकृत प्रनि श्रेष्ठलाई तोकेको जानकारी दिदै कुनै सूचना लिनु परेमा उनलाई नै सम्पर्क गर्न जनाएको छ ।

यसअघि प्रहरी नायव उपरिक्षक मेघराज अधिकारीलाई सूचना अघिकृत तोकिएको थियो । प्रनाउ अधिकारी हाल इलाका प्रहरी कार्यालय कटारीको इन्चार्जमा रहनुभएकाले हाललाई प्रनि श्रेष्ठ तोकिएको जनाइएको छ ।

नेपाल सरकारले सूचनाको हक सम्बन्धी ऐन २०६४ को धारा ६ को उपदफा (१) बमोजिम सूचना प्रवाहका लागि सूचना अधिकारी तोक्ने व्यवस्था छ ।