
उदयपुर/कात्तिक २१ गते ।
उदयपुरमा तिहारको लागि भित्र्याईएकोे विष्फोटक बस्तु (पटेका) प्रहरीले जफत गरिएको नष्ट गरेको छ ।
विभिन्न ठाउँमा चेक जाँच र बजारबाट जफत गरिएको पटेका जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार नष्ट गरेको हो ।
सदरमुकाम गाईघाट आउने गाडी चेक जाँच गर्दा फेला परेको र बजारमा भित्रिएको पटेका जफत गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गाईघाट भित्रिन लागेको र बजरमा भेटिएको नागीन बम १४ बन्डेल, चक्लेट बम ५ डब्बा, मुगा छाप लेखिएको बम ४ प्याकेट, पूmलझरी २ प्याकेट, झिरझिर १० बन्डेल, रकेट बम २ बन्डेल र घिर्नी बम २ डब्बा पटेका प्रहरीले जफत गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुख प्रहरी उपरिक्षक चन्द्रदेव राईले बताए ।
चाडवाड सब्य र भब्य बनाउन प्रहरीले कुनै किसिमको मानविय क्षती तथा उक्ष्रीङखल गतिविधि हुन नदिनको लागि विष्फोटक बस्तुको नियन्त्रण र सुरक्षामा कडाई गरिएको प्रमुख राईले बताए ।