
पूर्णपुष्टि, फागुन १२
भक्तपुरको मध्यपुरथिमीमा डिउटीमा खटेका प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परेको छ ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा डिउटीमा खटिएका प्रहरीलाई एक हजार घुस दिन खोजेको आरोपमा मंगलबार साँझ रामेछापको लिखु गाउँपालिका–६ घर भई ललितपुरको बालकुमारी बस्ने २८ वर्षीय ज्ञाननारायण श्रेष्ठ पक्राउ परेको हो ।
मध्यपुरथिमिको मनोहरा पुलमा ट्राफिक चेकचाँचका क्रममा बा ८४ प ७१९५ नम्बरको मोटरसाइकलले प्रहरीलाई सामान्य ठक्कर दिएपछि घुस दिन खोज्ने श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
