Sunday, June 14News That Matters

प्रहरीले नै १५ बर्षीया बालिका बलात्कार गर्यो, बलत्कार पछि हत्याको प्रयास

पूर्णपुष्टि,कार्तिक १८

डोटीमा प्रहरीबाट १५ बर्षिय बालिका बलात्कृत भएकिछिन् । डोटीको जोरायल गाउँपालिका ५ गडसेरामा कार्यरत एक प्रहरी जवानले बालिका बलात्कार गरेको हो ।

गाउँमा अशान्ति हुन लाग्यो भन्दै स्थानीयले प्रहरी चौकीको माग गरेपछि सुरक्षाका लागि अस्थायी प्रहरी पोष्ट राखिएको थियो । तर सोहि चौकीमा कार्यरत प्रहरी जवान आफैले बालिका बलात्कार गरी शान्ति सुरक्षामा प्रश्न उठाएको छ ।

कक्षा १० मा पढ्दै गरेकी बालिका एसईईको तयारीकै लागि घरको अलग्गै कोठामा बसेकी थिइन ।  बझाङ्ग स्थायी घर भई गडसेरा अस्थायी प्रहरी पोष्टमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहराति ११ वजे उनको कोठामा छिर्यो । उनि सुतिरहेको थिए उनले बालिकालाई ब्युँझाए, मुख थुनिदिए बलत्कार गर्यो ।

बलात्का गरेपछि घटना ढाक छोप गर्न उनले बालकालाई हत्या गर्ने निर्णय गर्यो र बालिकाकै सलले उनको घाँटी थिच्यो । बालिका बेहोस भएपछि मर्यो भनेर उनलाई घर नजिकैको कोदो बारीमा फालेर प्रहरी जवान सिंह आफ्नो बाटो लागे ।

घटना थाहा पाएपछि परिवारले छोरीलाई सँगै ल्याएर सोमवार जिल्ला प्रहरी कार्यालय डोटी पुगे‘ परिवारको अनुसार बालिकामा मानसिक तनाव हुनुका साथै स्वास्थ्य स्थिति समेत ठिक नभएको नरहेको बताएका छन् । एक्लै त छोड्नै हुन्न, पुलिस आए, पुलिस आए भनेर चिच्याउँछे । राम्रोसँग होस पनि छैन, परिवारले भने

पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय डोटीमा बालिकामाथी जबरजस्ती करणी गरी ज्यान मार्ने प्रयास गरेको भन्दै जाहेरी दर्ता गरेको छ ।

सुरुमा जिल्ला प्रहरी कार्यालयले समेत जाहेरी दर्ता गर्न आनाकानी गरेको पीडितका आफन्तहरुको आरोप छ । पीडित पक्षहरुको दबाबपछि आरोपी प्रहरी जवान सुशील सिंहविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको हो ।

मुद्दा दर्ता भइसकेपछि आरोपीलाई नियन्त्रणमा लिने तयारी भइरहेको प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए । उनले भने, ‘उनी आजसम्म ड्यूटीमै छन्, आज मुद्दा दर्ता भएको छ, अब नियन्त्रणमा लिएर अनुसन्धान गर्छौं पाण्डेले भने ।’