
पूर्णपुष्टि, असोज २७ गते ।
गाईघाट–हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको ११ तारीखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिए अनुरुप उदयपुरमा पनि अन्तरक्रिया गरी मनाइएको छ । हाम्रो घर, सुरक्षित घर भन्ने नाराका साथ दिवस मनाइएको हो ।
आकस्मिकपमा आउनसक्ने प्राकृतिक विपत्तिको बारेमा जिल्लास्थित सरकारी निकाय, गैरसरकारी संघसंस्था, सञ्चारजगतको के कस्तो तयारी अवस्था छ र के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेर जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया भएको हो ।
प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रियामा सुरक्षा निकायका प्रमुखहरु, प्राकृतिक जोखिम न्युनिकरणका लागि काम गर्ने संघसंस्था, जनस्वास्थ्य कार्यालय, पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । सहभागिहरुले खासगरी उद्धारको निम्ति भरपर्दो जनशक्ति नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तैनाथ रहने गरेको, राहत तथा जनजागरणका लागि त्रियुगा नगरपालिका, रेडक्रस सोसाईटी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु रहेको, औषधि तयारीका लागि जनस्वस्थ्य रहेको जनाए ।
बर्षामा बाढी, पहिरो, डुबान, कटान, चट्याङ जस्ता समस्या, हिउदमा आगजनी, बन डढेलो, जुनसुकै बेला आउनसक्ने भुकम्प जस्ता विशेष समस्या आउनसक्ने कुरालाई मध्येनजर गर्दै तयारी र सचेत हुनुपर्ने बताइयो । सोही अनुरुप जनतालाई सचेतना गराउन संघसंस्था, सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने र सुरक्षा निकायहरु उद्धार कार्यका लागि तत्पर रहने प्रजिअ श्रेष्ठले बताए । उनले प्राकृतिक प्रकोप र यसबाट बच्ने उपाय, पूर्वतयारीको बारेमा व्यापक जनचेतना जगाउनुपर्नेमा जोड दिए । सहभागिहरुले आ आप्mनो क्षेत्रबाट काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
दिवसकै अवसरमा रेडक्रस सोसाईटीले आप्mना उपशाखाहरुमा विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्ने जनाएको छ भने सबल कार्यक्रमले हडियामा सचेतनामुलक कार्यक्रम शुक्रबार गरेको जनाएको छ ।