Friday, February 7News That Matters

प्राविधिक ज्ञान र जनशक्तिको अभावमा बन्यो चियाको जंगल

उदयपुर, पुस १९ गते ।

उदयपुरको रौतामा लगाएको अर्गानिक चिया बगान प्रविधिक ज्ञान र जनशक्ति नहुदा चियाको जंगल बनेको छ ।

रौतामाई गाउँपालिका वडा नं ६ र ४ का रौता पोखरी आसापासमा लगाएको चिया बगान प्राविधिक ज्ञान र जनशक्ति नहुदा जंगल बनको हो ।

अर्गानिक चिया खेतिका लागि २०७० सालमा रौतापोखरी, निकास, चिसापानी, मलबासे, नामन्ताका आसपासका विभिन्न गाउँ तथा जंगलमा करिब २ लाख विरुवा लगाईएको तत्कालिन रौतारानी कृषक समुहका अध्यक्ष विष्णु बहादुर कटुवालले बताए ।

प्राविधिक ज्ञान र दक्ष जनशक्ति गाउँमा नहुदा व्यावसायीक अर्गानिक चिया खेतिले जंगलको रुप लिएको छ । खाली बाजो जग्गालाई सदुपयोग गरि स्थानिय स्तरमा अर्गानिक चिया उत्पादन गर्ने उद्देश्यले विभिन्न ठाउँमा चिया लगाइएको भएपनि ज्ञान र जनशक्तिको कमिले गर्दा जंगल बन्दै गएको कटुवालले बताए ।

रोपेको दुई वर्ष देखि चियाले उत्पादन दिन थाल्ने भएपनि हेरचाह र स्याहार सुसार नहुदा कतिपय चरिचरण बनेको र कित जंगलको रुपमा झाँगीदै गएको कटुवालले बताए । व्यावसायीक अर्गानिक चिया उत्पादनले स्थानिय गाउँलेको आर्थीक स्तर उकास्ने लक्षय र उद्देश्य लिएको भएपनि ज्ञान र जनशक्तिको कारण लक्ष्य पुरा गर्न नसेको कटुवालले बताए ।

ईलामबाट ल्याईएको विरुवा र पछि रौतापोखरीको निकास, रौता र मलबासेमा अर्गानिक चियाको नर्सरी उत्पादन गरि चियाको बगान लगाईएको भएपनि चिया सम्बन्धि प्राविधिक ज्ञान र दक्ष जनशक्तिको कमिले गर्दा जंगल तथा चरिचरण बन्दै गएको कटुवालले बताए ।
केन्द्रिय सरकार हुदा रोपीएको चिया स्थानिय सरकार सम्म पनि स्याहार सुसार पाएको छैन । केन्द्रिय सरकारको तल्लो निकाय गाविसले केहि मिटर पाईप सहयोग गरेपनि स्थानिय सरकारले चिया प्रति केहि चासो नदेखाएको कटुवालले बताए ।

गाउँपालिकाको गुरुयोजनामा विशेष महत्वका साथ कृषी पर्यटनलाई लिईएको भएपनि रोपिएको अर्गानिक चिया जंगल बनिसक्दा समेत केहि ध्यान नदिएको कटुवालले बताए । अर्गानिक चियाको लागि अतिउपयुक्त जग्गा भएकोले राम्रो उत्पादन गर्न सकिने भएपनि समबन्धित निकायले चासो नदिदा गाउँका अज्ञान कृषकहरु अन्योलमा परेका छन् ।
चियाको राम्रो सँग हेरचाह गरि यसको संरक्षण गर्ने हो भने पालिकाको मात्रै नभई राष्ट्रकै आर्थीक उन्नतीमा ठुलो टेवा पु¥याउने कटुवालको भनाई छ । कृषी प्रदान देश भएकोले अर्गानिक तथा दिर्घकालिन कृषी गर्नु पर्ने र नगदे बलिको बढी व्यावसायीक खेति गर्नु पर्ने कटुवाले बताए ।

व्यावसायीक खेति गर्ने उद्देश्यले प्रतिगोटा नर्सरी ३ रुपैयाका दरले किनि बारीभरी अर्गानिक चिया बगान लगाएको भएपनि आफुलाई चिया सम्बन्धि प्राविधिक ज्ञान र काम गर्ने मान्छे नभएकोले जंगल भएको चिया कृषक लिल बहादुर रानामगरले बताए ।

थोरै तिन बारिको चिया टिपेर खाने मात्रै गरेको रानामगरले बताए । मगरले भने अर्गानिक चिया खेति गर्न छोडी छोराहरु विदेश तिर गएको छ । हामी बुडा बुडी पाको भई सक्यौ त्यसैले आफुले खानेलाइ मात्रै हेरचाहा गर्दै आएको छौँ ।

गाउँमा कोहि छैन चिया गोड मेल गर्ने र टिप्पने मान्छे पाईदैन । एक दिन काम लगाएको पहिले नै ५ सय रुपैया र खाना खाजा दिनु पथ्र्यो । आज भोलित जंगल भएको छ । सक्ने हो भने यसको नर्सरी उत्पादन गर्न सकिन्छ मगरले बताए ।

खाली चौरी र बारीमा लगाएको चिया बगानमा नत मल जल नै छ । नत गोडन गाडन नै छ केहि छैन मगरले बताए । किनेर ल्याएको भन्दा स्वादिलो र रसिलो मिठो भएपनि आफुहरु पाको भएकोले काम गर्न नसक्दा पैसा हुने चिया जंगल बनेर त्यतिकै खेर गईरहेको मगरले बताए ।

अहिले सम्म नत कोहि हेर्न नै आएको छ । नत कुनै सम्बन्धित निकायहरुले चासो देखाएको छ । हामिले रोपिउँ त्यसलाई हेरचाह र गोडमेल गर्न नसक्दा त्यतिकै खेर गईरहेको मगरले बताए । अर्गानिक चियाको उत्पादन राम्रो हुने रैछ तर चिया सम्बन्धि प्राविधिक ज्ञान र काम गर्ने मान्छे चै चाहिदो रैछ त्यतिकै नहुने रैछ मगरले बताए ।

गाउँमा धेरैले चिया बगान लगाएपनि कसैको राम्रो छैन । काम गर्ने युवाहरु विदेश जान्छ । हामी दिन दिनै मर्ने दिन आयो मगरले दुखेसो पोख्दै सुनायो । चिया बगान आजभोलि कतिको त चरिचरण भएको छ कितको जंगल भो मेरो पनि जंगल भाको छ । त्यसलाई गोड मेल गरि टिप्नु पर्ने तर सक्दीन मगरले बताए । कुनै निकायले यसको हेरचाह गर्ने हो भने राम्रो अर्गानिक चिया उत्पादन हुने मगरको भनाई रहेको छ ।

कृषी पर्यटनको लागि स्थानिय सरकारले यस अर्गानिक चिया बगानको लागि विषेश पहल कदिमी चाल्नु पर्ने देखिन्छ । तर वडा र पालिकाले अहिले सम्म केहि कदम चालेको पाईदैन ।