Tuesday, June 2News That Matters

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

पूर्णपुष्टि, चैत १

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ ।

म्यानचेस्टर सिटीले फुलह्यामलाई ३–० गोलले पछि पार्दै जित हात पारको हो । यो जितसँगै सिटीको ७१ अङ्क भएको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको सिटीको भन्दा १७ अङ्क कम ५४ अङ्क रहेको छ । त्यस्तै गतराति नै भएको अर्को खेलमा बर्नलीले एभर्टनलाई २–१ गोलले पराजित गरेको छ ।

त्यस्तै क्रिष्टल प्यालेसले वेष्ट ब्रुमलाई १–० गोलले पराजित गरेको छ भने लिड्स युनाइटेड र चेल्सीबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।