
उदयपुर, साउन १० गते ।
बन्चरो प्रहार गरी ज्यान मारेको उद्दोगमा फरार रहेका प्रतिबादी तीन वर्षपछि पक्राउ परेको छ । २०७३ सालदेखि फरार रहेका प्रतिबादी त्रियुगा नगरपालिका – ५ निबासी ३३ वर्षीय होमबहादुर बुढाथोकीलाई विहिबार प्रहरीले पक्राउ परेको हो ।
२०७३ साल मंसिर २४ गते मोहन बुढाथोकीलाई बन्चरो प्रहार गरी गम्भिर घाईते बनाएको थियो । घाईते मोहनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा ३० गते मृत्यु भएपछि होम विदेश भागेको प्रहरीले जनाएको छ ।
प्रतिबादी होम मलेसिया भागेपछि २०७५ साल पुस २ गते रेडकर्नर नोटिस समेत जारी गरी खोजतलास गरिरहेको थियो । होम मलेसिया तीन वर्ष बसेर काठमाण्डौँ आई लुकिछिपी बसेको गोप्य सुचनाको आधारमा निरन्तर पिछागर्दै जानेक्रममा काठमाण्डौँबाट उदयपुर तर्फ आउदै गरेको अवस्थामा लालपत्ताबाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रविधिक सुचना प्रप्त भएपछि जिल्ला कार्यालय उदयपुरबाट खटेका अनुसन्धान टोलीले लालपत्ताबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।