Friday, February 14News That Matters

फरार भएका २ जना जेल चलान

उदयपुर, बैशाख ९ गते ।

 

उदयपुर जिल्ला अदालतको फैसालले कैद र जरिवाना सजाय सुनाएका विभिन्नम मुद्दाका फरार दुई प्रतिबादीलाई प्रहरीले पक्राउ गरेका छन् ।

अदालतको फैसालबाट लागुऔष, बहुविवाह र गाली बेईज्जतको कसुरमा केहि वर्ष जेल र जरिवाना सजाय  पाएका दुई जना फरार प्रतिबादी प्रहरीले पक्राउ गरेका हुन् ।

त्रियुगा नगरपालिका–७ हाल त्रिनपा–३ मोतिगडा निबासी ३० वर्र्षीय कपिल नामले चिनिने कपलेश्वर चौधरीलाई लागुऔषधको मुद्दामा ३ वर्ष कैज र एक लाख १० हजार जरिवाना गत चैत्र २९ गते जल्ला अदालत उदयपुरले फैसला सुनाएका थियो ।

त्रिनपा–१३ लक्ष्मिपुर निबासी ४७ वर्षीय बलराम चौधरीलाई बहुविवाहको मुद्दामा एक वर्ष कैद, ५ हजार जरिवाना र लागी बैइज्जतको मुद्दामा ९ हजार जरिवाना हुने अदालतले फैसाल सुनाएको थियो ।

कपलेश्वरलाई विहिबार पक्राउ गरि अदालतमा हाजिर गराई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । भने बलरामलाई शनिबार पक्राउ गरि आईतबार अदालतमा उपस्थित गराई कैद र जरिवाना भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।