
उदयपुर, साउन १८ गते ।
फुर्सदको समयलाई सदुपयोग गर्नेका लागि उदयपुरमा सिलाई व्यावसायीहरु कुसन तालिम संचालन गरेको छ । कपडाको मात्रै व्यावसाय गर्दा कुने दिन खालि बस्नु पर्ने बाध्यतालाई समाधान गर्ने उद्देश्येले ७ दिने कुसन तालिम संचालन गरेको हो ।
नेपाल कपडा तथा सिलाई व्यावसायी उदयपुरको आयोजनामा बुधबारदेखि १२ जनाले तालिम लिईरहेको छ । तालिममा अधिकांश सहभागिहरु सिलाई कटाई व्यावसायी नै भएको नेपाल कपडा तथा सिलाई व्यावसायी उदयपुरको अध्यक्ष ज्ञानु प्रदानले बताईन् ।
मानिसले लगाउने कपडा सधै नआउने भएकाले कुनै बेला हाई काढेर बस्नु पर्ने बाध्यताको समाधान गरी स्वारजगार बन्ने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष प्रदानले बताईन् । कपडा सिलाईले मान्छे सजिन्छ भने कुसनले घर सजाउने उनले बताईन् ।
तालिमले टेलरमा कपडा नहुदा खाली बस्नु पर्ने समयको सदुपयोग हुने र आम्दानीमा बृद्धि भई बेरोजगारी कम गर्ने आशा लिएको अध्यक्ष प्रदानले बताईन् ।