Sunday, June 28News That Matters

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पूर्णपुष्टि,चैत्र ४

पछिल्ला महिनामा सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै आएको छ । नेपाल आयल निगमले यो महिना पनि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धी गरेको छ । पेट्रोल तथा डिजेल/मटितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दई रुपैयाँले वृद्धी भएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सया १८ र डिजेलको एक सय १ रुपैयाँ पुगेको छ ।

हवाई ईन्धनको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँले बढेर ७४ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास तथा हवाई इन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै रहेको निगमले जनाएको छ ।

यो मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ९.३५, डिजेलमा प्रति लिटर रू. ५.८० र एलपी ग्यासमा प्रति सिलिण्डर रू. ३९२.८२ घाटा कायम रहने निगमले जनाएको छ । अर्धमासिक रूपमा  निगमलाई करिब एक अर्व २७ करोड ७० लाख घाटा रहिरहने जनाएको छ ।

सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरिने छ ।