मोरङ, वैशाख ५ गते
मोरङको कानेपोखरी गाउँपालिका ६ फेसबुकचौकमा बिहिबार अपरान्ह आगजनी हुँदा १५ लाख बढि क्षती भएको छ ।
स्थानीय बीरबहादुर भट्टराईको घरमा आगजनी हुँदा उक्त परिणामको क्षती भएको हो । विद्युतसर्ट भई आगलागी हुँदा दुईतले टिनको छानो भएको घर जलेको हो ।
घरभित्रका लत्ताकपडा, भाँडाकुडा, काठपात, अन्नपात लगायत सम्पूर्ण सामानहरु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1