आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

फैसलापछि कार्यन्वयनमा समस्या

उदयपुर, मंसिर १४ गते ।

लैगिक हिंसा विरुद्धको अभियानको क्रममा पैmसलापछिको कार्यन्वयनमा भएको समस्याका विषयमा एक कार्यक्रम भएको छ ।

कार्यक्रममा सम्बन्धित निकायाको डाटाहरुमा अदालतबाट फैसाल भई कार्यन्वयनमा आएको समस्याहरु ज्टिल देखिएको तथ्याङ्कले देखाएको हो ।

उक्त कार्यक्रममा सम्बन्धित निकाय सँग भएको घटनाको फैसला र कार्यन्वयनको विवरण प्रस्तुत समेत भएको थियो । प्रहरीको विवरणमा २०७३/०७४मा एक सय ५३ घटनाको मुद्दा दर्ता भएको देखिएको छ । उक्त मुद्दामा शारिरीक ५८ मानसिक ८० र आर्थिक १५ मध्ये ५३ , ६८ र १२ घटनाको मिलापत्र गरेको छ । तर अझै पनि ५, १२ र ३ मुघा बाँकि रहेको छ । जबरजस्ति बलात्कार सम्बन्धि १७ मुद्दामा १४ फैसला भई तीन वटा मुद्दा बाँकि देखिन्छ । जबरजस्ती बलात्कारको उद्योगमा १० मुद्दा मध्ये ८ फैसला भई २ मात्र बाँकि रहेको छ ।

मानव बेचविखन तथा ओसार पसारमा ३, बहुविवाह ४, विष सेवन ६ र झुण्डी आत्महत्या २४ घटना घटेको तथ्याङकले देखाएको छ । उक्त तथ्याङ्क अनुसार जबरजस्ती बलात्कार समबन्धि मुद्दामा १० वर्ष भन्दा सानो उमेर समुहको बालबालिका पिडीत प्रहरी तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्षमा २०७४/०७५ मा एक सय २६ घटनाको मुद्दा दर्ता भएको देखिएको छ । उक्त मुद्दामा शारिरीक ४२ मानसिक ७० र आर्थिक १४ मध्ये ३२ , ६८ र ११ घटनाको मिलापत्र गरेको छ । भने १०, २ र ३ मुद्दा बाँकि रहेको छ । जबरजस्ति बलात्कार सम्बन्धि २९ मुद्दामा २७ फैसला भई २ वटा मुद्दा मात्रै बाँकि रहेको छ । जबरजस्ती बलात्कारको उद्योगमा १७ मुद्दा मध्ये १५ फैसला भई २ मात्र बाँकि रहेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

मानव बेचविखन तथा ओसार पसारमा २, बहुविवाह ६, बालविवाह १, विष सेवन ४ र झुण्डी आत्महत्या १९ घटना घटेको तथ्याङकले देखाएको छ ।
आर्थीक वर्ष २०७५/०७६ को साउन देखि कात्तिक सम्ममा ५१ घटनाको मुद्दा दर्ता भएको देखिएको छ । उक्त मुद्दामा शारिरीक १२ मानसिक ३६ र आर्थिक ३ मध्ये १० , ३३ र २ घटनाको मिलापत्र भएको छ । भने ३, २ र १ मुघा बाँकि रहेको छ । जबरजस्ति बलात्कार सम्बन्धि १३ मुद्दामा ११ फैसला भई २ वटा मुद्दा बाँकि रहेको छ । जबरजस्ती बलात्कारको उद्योगमा १० मुद्दा मध्ये १० वटै बाँकि रहेको प्रहरी तथ्याङकले देखाएको छ । मानव बेचविखन तथा ओसार पसारमा १, बहुविवाह ५, बालविवाह १, विष सेवन ० र झुण्डी आत्महत्या ३ घटना घटेको तथ्याङकले देखाएको छ ।

२०७३/०७४ मा भन्दा केहि लैगिक हिंसा घटेको तथ्याङ्कले देखाए पनि ०७५/०७६ को साउन देखि कात्तिक सम्मको विवरण हेर्ने हो भने बढ्दो देखिन्छ ।

जिल्ला अदालत उदयपुरले भने तिव्र रुपमा विगत तीन वर्ष देखिको महिला हिंसा सम्बन्धि मुद्दा फैसला कार्यन्वयन गर्दै आएको छ । आर्थिक वर्ष २०७३ देखि ०७५ कात्तिक सम्ममा एक सय ५ मुद्दाको फैसालमा पिडक एक सय १५ जना रहेको तथ्याङ्कले देखाएको छ । जसमध्य विभिन्न कसुरुमा ७२ जना कैद असुल र ३५ जना बाँकि देखिन्छ ।

कैद असुलमा बाल विवाहमा १, बहु विवाह ६, जबरजस्ति बलात्कार उद्योग ८, जबरजस्ती बाल विज्याई २, बोक्सिको आरोप १, मावन बेचविखन तथा ओसार पसार ५ र जबरजस्ती बलात्कारमा ५० छन् । कैद बाँकी रहेको बहु विवाह १६, जक उद्योग ३, बाल बिज्याई २ बोक्सि आरोप १, बेचविखन १ र जबरजस्ति बलात्कार ११ अदालतको तथ्याङकले देखाएको छ । जरिवाना असुल २ जनालाई गराईएको छ । भने ६ जना बाँकि रहेको अदालतको तथ्याङ्कले देखाएको छ ।

कार्यक्रम त्रियुगा नगरपालिका र महिला मानव अधिकार रक्षक संजालको आयोजनामा ओरेक नेपाल,पारालिगल कमिटि,महिला अधिकार मंच र ऐरावत संचार समूहको समन्वयनमा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0