Thursday, April 24News That Matters

फोक्सिन्टार देखि धाप्लाङसम्म ¥याफ्टिङ परिक्षण

विक्रम राई

उदयपुर, असार ३ गते ।

उदयपुरको रौतामाई गाउँपालिका ५ फोक्सिन्टारदेखि धाप्लाङसम्म ¥याफ्टिङ परिक्षण भएको छ ।

मंगलबार अनुभवी टोलीलाई ल्यायर रौतामाई गाउँपालिकाले परिक्षण गरेको हो । पर्यटन विकास तथा जलयात्राबाट स्थानीयहरुलाईसमेत छिटो छरितो तरिकाले सेवा विस्तार गर्न यसको परिक्षण गरिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए ।

उनले परिक्षणमा सफल भएमा यसको व्यवसायीक विकास गर्ने बताए । उनले रौतामाई गाउँपालिकाभित्र बिभिन्न पर्यटन विकास र गन्तव्य रहेको भन्दै संभावनाका क्षेत्रहरु मध्य वडा नं ५ मा पर्यटन विकासका लागि ¥यफ्टिङ बिषेश रहेको बताए ।

त्यस्तै वडा नं ५ का वडा अध्यक्ष पाण्डव राईले परिक्षणको नतिजा राम्रो आएमा यसलाई पर्यटकीय विकास गर्ने हिसावले ¥यफ्टिङ सञ्चालनमा ल्याउने बताए ।

पालिका अध्यक्ष खड्का, प्रमुख प्रशासकिय अधिकृत खम्बराज राई, वडा नम्बर ५ का पाण्डव राई, २ नं वडाका वाडाध्यक्ष खविन्द्रबहादुर रास्कोटी, अधिकृत माधव खतिवडा, नेपालि काँग्रेसका नेता सरोज बस्नेत, उद्योग बाणिज्य संंघ गाईघाटका  अध्यक्ष गजेन्द्र भगत, उवासं  सचिव दिनेश श्रेष्ठ लगायत पत्रकार र परिक्षण टोलीले अध्ययन तथा परिक्षण गरेका थिए ।

परिक्षणमा आएका टोलीले फोक्सिन्टारदेखि धाप्लाङसम्म ¥याफ्टिङका लागि राम्रो क्षेत्र रहेको बताए । यस्तो ठाउँमा ¥याफ्टिङका लागि कुनै जोखिम नरहेको भन्दै परिक्षणमा सफल हुने बताए ।