Friday, February 14News That Matters

फ्याट्रीमा लडेर एक जनाको मृत्यु

सुनसरी, असार २१ गते । 

सुनसरीका दुहवीको पशुपति सिलप्याक ईन्टरप्राईजेज फ्याट्रीमा लडेर एक जनाको मृत्यु भएको छ । दुहवी नगरपालिका – ८ को पशुपति सिलप्याक ईन्टरप्राईजेज सोनापुरको फ्याट्रीमा काम गर्ने क्रममा एक जना कामदारको लडेर मृत्यु भएको हो ।

फ्याट्रीको कामदार ३५ वर्षीय महेन्द्र सिंह दिउँसो करिब १ बजे काम गर्ने क्रममा एक तला माथिबाट लडेर गम्भिर घाईते थियो । घाईते सिंहको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो करिब ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।