Monday, February 17News That Matters

फ्रान्समा भेटियो भीमकाय डाइनोसरको हड्डी

साउन १२ गते ।

फ्रान्सको एक उत्खन्न क्षेमा भिमकाय डाईनोसरको तिघ्राको हड्डिी फेला पारेको छ । दक्षिण–पश्चिमी फ्रान्समा रहेको उत्खनन क्षेत्रबाट बैज्ञानिकहरुले भीमकाय डाइनोसरको हड्डी फेला पारेको हो ।

औजेक क्षेत्रमा फेला परको तिघ्राको हड्डी दुई मिटर लामो  छ । त्यो हड्डी सोरापाड डाइनोसरको भएको वैज्ञानिकहरुले ठानिएका छन् । विशाल शरिर अनि लामो घाँटी र पुच्छर भएको ती भीमकाय डाइनोसरले बोटविरुवा खाने गर्दथ्यो ।

अहिलेका सवै भन्दा ठुला स्थलचर प्राणी जुरासिक युगको अन्त्यतिर पाइने सोरापाड डाइनोसर मानिन्छ । फेला पारिएको हड्डीको संरक्षित अवस्था हेरेर आफूहरू आश्चर्यचकित भएको वैज्ञानिकहरूले बताएका छन् ।

सोरापाड डाइनोसरहरू १४ करोड वर्ष पहिला अस्तित्वमा थियो । ४०/५० टनसम्मको तौलका भएको थियो । सन् २०१० मा एउटा सोरापाड डाइनोसरको तिघ्राको हड्डी फेला पारिएको थियो जसको लम्बाइ २ मिटर र तौल ५०० किलोग्रामका फेला पारेको वैज्ञानिकहरुले जनाएका छन् ।

पछिल्लो समयमा फेला पारीका हड्डी बाहिर निकाल्न एक हप्ता लाग्न सक्ने र त्यसका लागि क्रेन चाहिने भएको छ । कोन्याक नगर नजिकै पर्ने शाराँट क्षेत्रमा अङ्गुर बगानहरूमुनिको जमिन उत्खनन कार्यमा करिब ७० जना वैज्ञानिकहरुले काम गरिरहेका छन् ।

सन् २०१० पछि उक्त क्षेत्रबाट साढे सात हजार भन्दा बढी डाईनोसरहरुको जीवाशेष फेला पारिसकिएको छ । यसअघि दलदल रहेको उक्त क्षेत्र उत्खनन कार्यका लागि फ्रान्सका निकै महत्त्व पूर्ण मध्येका एउटा स्थान साबित भएको थियो । यस अघि स्टेगासोरस डाइनोसरका हड्डी तथा अस्ट्रिच डाइनोसरको एउटा सिङ्ग फेला पारिएको थियो ।