
पूर्णपुष्टि, असोज २५
पोल्याण्डकी इगा स्विटेकले फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि हात पारेकी छिन् ।
पेरिसमा भएको फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई ६–४ र ६–१ को सेटमा पछि पार्दै स्विटेकले पहिलो पटक उपाधि जितेकी हुन् ।
१९ वर्षीया स्विटेक ग्राण्डस्लामको फाइनलमा पहिलो पटक पुगेकी हुन् । उनले चौंथो वरियताकी केनिनलाई हराएर उपाधि हात पारेकी जनाईएको छ ।
५४ औं वरीयताकी स्विटेक सन् १९७५ पछि महिलातर्फ फाइनल पुग्ने तल्लो वरीयताकी पहिलो खेलाडी हुन् ।

