Tuesday, June 30News That Matters

बक्राहा खोलाले बगाएर १ महिलाको मृत्यु

मोरङ, असार १२  

मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ ।

बिहिवार दिउँसो साँढे ५ बजे बक्राहा खोला नजिकै चौपाया चराईरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकीमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटेका प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा आज बिहान साँढे १० बजे बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान ईप्रकाले जनाएको  छ ।