
पूर्णपुष्टि , फागुन २४
बाँकेमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएको छ । नरैनापुर गाउँपालिका–१ सुईया बघौडामा आज आगलागी हुँदा २५ घर जलेर नष्ट भएको हो । बिहान साढे ११ बजे आगलागी हुँदा लाखौं बराबरको क्षति भएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
गाउँपालिकाका कार्यालयले घर निमार्णका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

