Sunday, June 21News That Matters

बजेट चित्त बुझ्दो रहेपनि कार्यन्वयनमा आशंका छ ः उपाध्यक्ष रसाईली

पूर्णपुष्टि, जेष्ठ १६

त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष तथा व्यापारी रमेश रसाईलीले यो आर्थिक बर्षको बजेट सरकारले सबै क्षेत्रलाई समेटेको बताउनु भएको छ । रसाईलीले बजेट उद्योग व्यवसायी सँगै अन्य क्षेत्रहरुमा चित्तबुझ्दो रहेपनि यसको कार्यान्वयन र सदुपयोमा भने आशंका रहेको बताउनुभयो । बिभिन्न समस्याका बिच आएको बजेट कार्यन्वयनमा उत्ति सहज नहुने उहाँले बताउनुभयो ।

बिगतमा निति अनुरुप सबैको सहमतिमा आएको बजेटमै पनि कार्यान्वयन गराउन निकै चर्को पर्ने यो बर्ष बजेट बिभिन्न चुनौती र असन्तुष्टमा आएकाले कार्यन्वयन पक्ष निकै फितलो हुने संका रहेको रसाईलीको भनाई छ ।

उहाँले आफु एक व्यपारी भएको नाताले बजेट काहाँ कसरी कुन माध्यम बाट आएको भन्ने कुरामा भन्दा पनि  बजेटले कसलाई कसरी कुन क्षेत्रमा समेटेको छ भन्ने कुरामा आफुहरुको चासो रहेको भन्दै जस्तो सुकै हिसावले बजेट आएको भएपनि चित्त बुझ्दो रहेको उहाँले प्रतिक्रिया दिनुभयो । तर कार्यान्वयन नभएको खण्डमा भने यसको कुनै औचित्य नरहने रसाईलीले बताउनुभयो ।