Friday, February 14News That Matters

बन्दुकसहित २ समातिए

पूर्णपुष्टि, साउन ११ गते ।

मोरङको एक सामुदायिक वनबाट २ थान भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले समातेको छ ।  कानेपोखरी गाउँपालिका ७ स्थित जनजागृती सामुदायिक वनबाट समातेको हो । स्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले गस्तीको क्रममा शुक्रबार साँझ समातेको प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

समातिनेहरुमा कानेपोखरी गाउँपालिका ५ जहदाका २६ वर्षिय धनकेशर राई र उर्लाबारी नगरपालिका ४ का ४४ वर्षिय शम्भु गहतराज रहेका छन् । उनीहरुबाट बारुद भरिएको २ नाल भरुवा बन्दुक फेला परेको थियो । हतियार सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।