Tuesday, June 9News That Matters

बर्थ–डे पार्टीमा नबोलाएको भन्दै आफ्नै प्रेमिकाको गोली हानी हत्या

पूर्णपुष्टि, बैशाख २९

अमेरिकामा एउटा अचम्मको घटना घटेको छ । सामान्य कुराले निकै ठुलो क्षती यस घटनाले पुराएको हामि अनुमान गर्न सकिन्छ ।

अमेरिकाको कोलोराडोमा भएको एक जन्मोत्सव (बर्थडे पार्टी) बन्दुकदारीलाई नबोलाएको निउमा गोलीबारी हुँदा ६ जनाको मृत्यु भएको छ । आफ्नी प्रेमिका सहित प्रेमिकाको ५ जना आफन्तहरुमा गोली चलाई हत्या गरेको हो ।

२८ वर्षीय टिओडोरो मासियासले आफ्नी २८ वर्षीया प्रेमिका स्यान्ड्रा इबार्रा पेरेज र उनका पाँच आफन्तको गोली हानेर हत्या गरेका हुन् । आफ्नी प्रेमिकासहित ६ जनाको हत्या गरेपछि मासियासले आफैंमाथि पनि गोली चलाएका थिए ।

प्रहरीका अनुसार बन्दुकधारी व्यक्ति र मृतकको परिवारबीच एक हप्ताअघि विवाद भएको थियो ।

कोलोराडो प्रहरी प्रमुख भिन्स निस्कीले मंगलबार पत्रकार सम्मेलन गरी ’ती पुरूषलाई पारिवारिक जमघटमा बोलाइएन, त्यसपछि उनले गोली हानेको बताए ।’

प्रहरीका अनुसार स्यान्ड्राका मृतक आफन्तहरू ३० वर्षीय मेल्भिन पेरेज, ५३ वर्षीय जोआना क्रुज, २१ वर्षीय जोस गुटाइरेज, ३२ वर्षीय मेरा पेरेज र जोस इबार्रा रहेका छन् ।