
उदयपुर, साउन १८ गते ।
त्रियुगाको एक बालिकाकालाई जबरजस्ति बलत्कार गरेर फरार रहेको अभियुक्त पक्राउ परेको छ । त्रियुगा नगपालिका – १५ को १२ वर्षी बालिकालाई गत असारमा जबरजस्ति बलत्कार गरेका फरार रहेको कृष्ण बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
गत असार ५ गते बालिकालाई बलत्कार गरी फरार रहेको त्रिनपा – १५ बेतेनी निबासी ५१ वर्षीय मगरलाई प्रहरीले लुकिछिपी बसेको विशेष सुचनाको आधारमा पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेको मगरलाई जिल्ला प्रहरी कर्यालय ल्याई अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।