
उदयपुर/कात्तिक २७ गते ।
उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको हत्याको आशंकामा प्रहरीले थप एक जनालाई नियन्त्रण लिएको छ ।
बालिकाको हत्यामा संलग्न रहेको आशंकामा स्थानिय पाँच युवाहरुलाई सोधपुच्छ तथा अनुसन्धानका लागि सोमबार प्रहरीले नियन्त्रणमा लिएको थियो भने गए राती थप अर्का एक जनालाई प्रहरीले नियनत्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकाहरुलाई बयानका लागि सोधपुच्छ तथा अनसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
धरान लगिएको बालिकाको शव अजै पोष्टमार्टम हुने प्रहरीले जनाएको छ । पोष्टमार्टम पछि शव परिवारलाई जिम्मा लगाईने जनाएको छ ।