Monday, March 17News That Matters

बलम्तामा ट्याक्टर दुर्घटना, २ को मृत्यु, ८ घाइते

उदयपुर, मंसीर २८ गते ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ बलम्तामा पिकनिकपछि फर्कदै गरेको ट्याक्टर गएराती दुर्घटनामा पर्दा दुईको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् ।

दुर्घटनामा चालक २२ वर्षिय सुबिन राई र स्थानीय २४ वर्षिय पबन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घाइते हुनेहरुमा १२ वर्षिय सोनिका राई, १७ वर्षिय मनिषा राई, २१ वर्षिय बुनु राई र १७ वर्षिय सबिना राईको अवस्था गम्भिर रहेको छ । अन्य घाइतेहरुमा ३१ वर्षिय बिषु राई, २४ वर्षिय पुनम राई, २७ वर्षिय लदिप राई, १७ वर्षिय टुसार राई रहेका छन् ।

स्थानीय र प्रहरीले घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको पालिका अध्यक्ष मेजर राईले बताए ।

पिकनिक खाएर सिरवानीबाट बलम्तातर्फ जाने क्रममा स १ त ७३२३ नम्बको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।