Friday, February 7News That Matters

बलम्तामा दलित परिवार विस्थापित, विद्यालय जोखिममा

उदयपुर, असार २९ गते ।

उदयपुरको बलम्तामा पहिरोले एक दलित परिवार विस्थाति भएको छ । लिम्चुङ्बुङ गाउँपालिका – ४ बलम्ता निबासी तिखे दमाईको घर जग्गा शनिबार पहिरोले बगाएपछि विस्थापित भएको हो ।

पाँच दिनदेखि लगातार परेका वर्षाले आएको पहिरोले विस्थापित भएका दमाईको परिवार भाईको घरमा आश्रय लिएर बसिरहेको लिम्चुङ्बुङ गाउँपालिका – ४ का वडाध्यक्ष यन्दप्रसाद राईले बताए ।

त्यस्तै मजमबहादुर राई, कुमारसिंह राई र ज्ञानेन्द्र राईको घर पनि पहिरोको उच्च जोखिममा परको छ । अविरल वर्षाले पहिरो जान थालेपछि घर उच्च जोखिममा परेको वडाध्यक्ष राईले बताए ।

पर्शुराम पद्मा राई माध्यामिक विद्यालयको घेराबेरा लगाएको पर्खाल पहिरोले बगाएको छ । उत्तर र पश्चिमपटीको पर्खा र तारबार पहिरोले बगाएको स्थानियले बताएका छन् । घेराबेरा पहिरोले बगाएपछि विद्यालय भवन पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष राईले बताए ।

त्यसैगरी निर्माधिन यलम्बर पार्कको उत्तरपटिको पर्खाल पहिरोले बगाएपछि पार्क पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष राईले बताए ।