Saturday, May 16News That Matters

बलिउड अभिनेता दीलिपको भाई अहसानको निधन

काठमाडौं, १८ भदौं । बलिउड अभिनेता दीलिप कुमारको दोस्रो भाई अहसान खानको बुधबार राती ११ बजे निधन भएको छ ।

उनी कोरोना भाइरससँग लडिरहेका थिए । अगस्ट २१ मा दीपिको अर्को भाईले पनि कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेका छन् ।

दीलिपको दुई भाई असलम र अहसान खान दुबै जना कोरोना पोजेटिभ थिए । उनीहरुमा अक्सिनको कमि देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

अहसान खान ९० वर्ष थियो । उनी ब्लड प्रेसरको बिरामी थिए ।