
ओखलढुङ्गा, असार २५ गते ।
ओखलढुङ्गामा यात्रुबहाक बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्र्तगत मानेभञ्ज्याङ गाउँपालिका – ६ डडुवा डाँडामा भएको बस दुर्घटनामा चालक सहित तीन जनाको घटना स्थलमै मृत्यु भएको हो ।
झापाको कार्कडभिट्टाबाट शोलु तर्फ जादै गरेको मे १ ख १८९१ नम्बरको मातृभाग्यरेखा प्रालिको नाईट बस विहान करिब ३ बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकदेखि करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा २० जना सवार मध्ये चालक सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक झापा पथरिया निबासी ४५ वर्षीय कृष्णबहादुर बस्नेत, शोलु दुधकुण्ड निबासी ५२ वर्षीया माया थापा र सिन्धुली कमलामाई निकासी ३५ वर्षीय लालबहादुर धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
र्दुघटनामा गम्भिर घाईते भएका ५ जनालाई उपचारको लागि काठमाण्डौँ पठाईएको छ भने सामान्य घाईतेहरुलाई ओखलढुङ्गा र उदयपुरको मेडिकलहरुमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।