Monday, July 13News That Matters

बहुविवाहमा मुछिएका पूर्व पालिका अध्यक्षलाई आरजु राणा र गृहमन्त्री खाँणले जोगाएको आरोप

पूर्णपुष्टि, मंसिर २६
बहुविवाहका आरोपमा उजुरी परेका पूर्व गाउँपालिका अध्यक्ष महेश राईलाई सरकार पक्षले नै जोगाएको आरोप छ । खुलेआम बहुविवाह गर्दै आएको भोजपुर साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष राईविरुद्ध बहुविवाहको जाहेरी परेका थिए । राईको जाहरी अहिले ‘ढिसमिस’ पारिएको पिडितहरुले जनाएको छ । सुरूमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि प्रहरी र सरकारी वकिलविरुद्ध दायर गरेको रिटउपर अदालतले परमादेश दिएको र त्यसको आधारमा जाहेरी दर्ता गरिएपनि राजनीतिक दबाबमा पीडकलाई संरक्षण गरिएको उनीहरूको भनाइ छ ।

शुक्रबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर पीडितहरूले गाउँपालिकाका पूर्वअध्यक्ष महेशलाई जोगाउन प्रधानमन्त्रीपत्नी आरजु देउवा, गृहमन्त्री बालकृष्ण खाण र महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत लागेको आरोप लगाएका छन् ।

विवाहको तस्विर हिमालयले सार्वजानिक गरेकी थिईन् ।

महेशले भोजपुर खार्तम्छा घर भई हाल काठमाडौं ललितपुर बस्ने हिमालय राईसँग गत २०७८ मंसिर १३ गते राई सम्प्रदायको परम्पराअनुसार विवाह गरेका थिए । त्यसपछि महेशको बूढानीलकण्ठ(१० कपनस्थित घरमा बस्दै आएकोमा भोजपुरको हतुवागढी(४ की ४५ वर्षीया माया राईले फागुन १६ मा आफू महेशको श्रीमती भएको दाबी गर्दै गेटमा साँचो लगाएर घर प्रवेश गर्नबाट रोक लगाइएको हिमालयको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्य रहेकी माया नेपाली कांग्रेसको समानुपातिकको बन्दसूचीमा पनि छन् । उनको नाम कांग्रेसले आयोगमा पेस गरेको बन्दसूचीमा ५६ नम्बरमा छ ।

आफूसँग विवाह गरेर त्यसको तीन महिनापछि अर्की श्रीमती ल्याई राईले उल्टै कान्छीलाई ‘जेठी’ देखाउने गरी मंसिर २ को बिहे दर्ताको कागज बनाएपछि कारबाहीको मागसहित दिएको जाहेरी प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले दर्ता गर्न मानेका थिएनन् । हिमालयले जारी गरेको अपिलअनुसार त्यसपछि सरकारी वकिल कार्यालयमा जाँदासमेत सह(न्यायाधिवक्ता गंगाप्रसाद पौडेलले बहाना बनाएर फिर्ता पठाएको उनले बताइन् ।

हिमालयले महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय प्रहरी वृत्त ९महिला सेल०, महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र त्यहाँका सह(न्यायाधिवक्ता पौडेललाई विपक्षी बनाई पाटन उच्च अदालतमा बहुविवाहको जाहेरी दर्ता गरी अनुसन्धान कार्य सुरू गर्नरगराउन अन्तरिम आदेशको माग गरेकी थिइन् ।