
पूर्णपुष्टि, जेठ २६ गते ।
बाँके र बर्दियामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा बाँकेका १ जना र बर्दियाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बाँकेको जानकी गाउँपालिका–४ का २१ वर्षीय पुरुष र बर्दियाको बारबर्दिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४ जना, ठाकुरबाबा नगरपालिकाका ३ जना, बासगढी नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायले यसलाई नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्न बाँकी छ ।
