बाघले आक्रमण गर्दा एकको ज्यान गयो

पूर्णपुष्टि, असोज २०
चितवनमा बाघले आक्रमण गर्दा एक जनाको ज्यान गएको छ । खैरहनी नरपालिका–१३ कुमरोज सामुदायीक वनभित्र घाँस दाउरा गर्ने क्रममा स्थानीय २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गर्दा उनको ज्यान गएको हो ।

बोटेलाई मंगलबार दिउँसो बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
बाघले आक्रमण गरेको स्थान भन्दा सय मिटर पर झाडीमा बोटेको शव फेला परेको प्रहरीले जनाएको छ । बाघले आक्रमण गरेको भन्ने खबर प्राप्त हुने बित्तिकै आठवटा हात्तीसहित नेपाल प्रहरी, नेपाली सेनाले बोटेको खोजी गरेको प्ररीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: