Saturday, May 23News That Matters

बाजुरामा नुहाउन गएका ५ जना ४ दिन बाट बेपत्ता

पुर्णपुष्टि,असोज १९ 

नुहाउन जाने क्रममा बाजुरामा ४ दिनदेखि एकै परिवारका ५ जना बेपत्ता  भएका छन् । हिमाली गाउँपालिका ५ स्थित कवाडीका ३० वर्षीया सत्ता नेपाली, ५ वर्षीया छोरी आरती नेपाली, ४ वर्षकी सन्तोषी नेपाली, २ वर्षका छोरा सम्मान नेपाली र १ वर्षीया छोरी किस्मती नेपाली सहित शुक्रबार साँझ उनिहरु बेपत्ता भएका हुन् ।

नेपाली छोराछोरीसहित कवाडी नदीमा नुहाउन गएकी उनी नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घटनाको सुचना पाएलगतै प्रहरी टोलीले खोजी कार्य गरी रहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेका छन् । चार दिनसम्म खोजी कार्यलाई निरन्तर्ता दिदा पनि कुनै जानकारी फेला नपरेको प्रहरीले जनाएको छ ।