Monday, February 17News That Matters

बाढीको उच्च जोखिममा साकेला टोल

उदयपुर, असार २६ गते ।

बरुवा खोलामा आएको बाढीले साकेला टोलको बाँध भत्काउन थालेपछि साकेला टोल उच्च जोखिममा परेको छ । त्रियुगा नगरपालिका – ११ को साकेला टोल लगायतका बस्तिहरु बाढीले बाँध भत्काउँन थालेपछि उच्च जोखिममा परेको हो ।

लामो खडेरीपछि परेका पानी केहि दिनदेखि निरन्तर परिरहेको छ । खोलाको शिर रौता, खाँबु, चिलाउने आसपास अत्याधिक वर्षात भएकाले खोलामा बाढी आएर बाँध भत्काउन थालेपछि स्थानियबासीहरु चिन्तित बनेका छन् ।

खोलामा आएको बाढीले बाँध भत्काएर जालि बगाएको स्थानियबासीहरुले बताएका छन् । जाली बगाएपछि स्थानियबासीलाई ठुलो समस्या आएको छ । बाढीले बाँध भत्काएमा साकेला टोल, ज्योति टोल लगायका करिब एक दर्जन टोलका सयौँ घर डुवानमा पर्ने स्थानिय राजकुमार दाहालले बताए ।

एक सरो बाँध लगाएकाले बाढीले जाली बगाएपछि उक्त क्षेत्रका बासीन्दाहरु ठुलो चिन्तामा परेको स्थानिय दाहालले बताए । पालिकाको बजेटले तल्लो भेगमा बाँध बाधेकाले पुरानो बाँध भत्काउन थालेपछि टोलबासी लगायत उक्त क्षेत्रका बासिन्दाहरु बाढीको उच्च जोखिममा परेको उनले बताए ।

यस क्षेत्रमा वर्षेनी बाढीले केहि बाँध भत्काए बगाएर लाने गरको स्थानियले बताएका छन् । सरकारले दिगो रुपमा बाँध नलगाउँदा स्थानियबासीहरु मारमा परेको स्थानियको आरोप छ ।

पुरानो त्यसमा पनि सिङ्गल जालि भएकाले बाढीले एक वटा तार जालिनै बोकेर लगेपछि ओरपरको पनि आधाउधि बगाई सकेको स्थानिय दिवस राईले बताए । सबन्धित निकायले तुरुन्त बाँध रोक थापको काम नगर्ने हो भने रात भरीमा टोल डुबानपा पर्ने उनले बताए ।

बाढीले बाँध भत्काउन थालेको जनकारी पाउँना साथ स्वयम आफै पुगी वडा र पालिकाको सहयोगमा २ वटा जेसिवी लगाएर पानीलाई अनेत्र ढल्काउने काम भएको वडाकार्यालयले जनाएको छ । टोलनै उच्च जोखिममा परेपछि तत्काललाई थप बाँध भत्काउन नदिनको लागी बाढीलाई अनेत्र फर्काउने काम भएको वडा कार्यालयले जनाएको छ ।

खोलाई अनेत्र फार्काएपछि बाँध भत्काएको ठाउँमा बोरामा बालुवा भरेर बाँध तयार गर्ने वडा कार्यालयले जनाएको छ । विहानको तुलनामा दिउँसो केहि कम वर्षात भएकाले खोलाको बाढी केहि घटेको स्थानियले बताएका छन् ।