Friday, May 22News That Matters

बाढीले बगाउँदा ६ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ ३

अछामको रामारोशनमा बाढीले बगाउँदा छ जनाको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ सैनिबजारमा बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको हो भने ११ जना बेपत्ता भएका छन् ।

गएराति कैलाश खोलामा आएको बाढीले सैनिबजारबाट १७ जना बगाएकोमध्ये ६ जनाको शव कैलाशको विभिन्न ठाउँमा भेटिएको प्रहरीले जनाएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडामा चार जनाको र मंगलसेन नगरपालिका–३ को लमतणा र सेरीमा दुई जनाको शव भेटिएको जनाईएको छ ।

बेपत्ता भएका अन्य ब्यक्तिहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।